गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा : अध्यक्ष मियाँ दीप संञ्चार जेठ १७, २०७७ गते २३:०५ मा प्रकाशित दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई पितृ शोक परेको छ । दीप संचार मिडियाका अतिथि सम्पादक समेत रहेका पत्रकार मियाँका बुबा अमिर बक्स मियाँको शनिबार निधन भएको हो।मियाँको तनहुँ जिल्ला शुक्लागण्डिकी नगरपालिका ५, स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको थियो । ८५ वर्षीय पिता बिक्रम सम्बत १९९२ मा स्याङ्जामा जन्मिएका थिए।पत्रकार महासंघ कतारले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिता प्रति गहिरो समवेदना प्रकट गरेको छ। सचिव दिल कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा शुभचिन्तक्, सहयोगी, समाजसेवी तथा समाजका अभिभावक पिताको दिवङगत आत्मा प्रति श्रध्दाञ्जली व्यक्त गर्दै यस दु:खको घडीमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।स्वर्गिय मियाँका ७५ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । वैदेशिक रोजगारका क्रममा विगत २० वर्ष देखि कतारमा रहेका अध्यक्ष मियाँ तेस्रो सन्तान हुन्।पत्रकार मियाँका दाजु आमिर दिन मियाँ पनि व्यवसायका क्रममा कतार मै रहेका छन् । ब्रेन ट्यूमरले ग्रसित बुबालाई लकडाउनका कारण भेट्न जान नपाएकोमा पत्रकार मियाँले दुख व्यक्त गरेका छन्।पत्रकार मियाँले फेसबुक मार्फत सम्भव हुनेले बुबाको अन्तिम सस्कारमा सहभागी भैदिन आफन्त एवं छिमेकीलाई आग्रह गर्दै भनेका छन्, “९ दशकमा नजान्नु कैयौं संघर्ष गरे। जिवनको अन्तिम घडीमा, अन्तिम श्वाससम्म छोराहरुको बाटो कुरेर बसे हाम्रा बा ले। हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा बा!’ “अल्विदा बा” इन्ना लिल्लाही व इन्ना इलैहे राजेऊन।”क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल