Techie IT
×
गृहपृष्ठसमाचारलकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी

लकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी


सल्यान – नेको इन्सुरेन्सले लकडाउनको समयमा पनि बिमा दावी भुक्तानी गरेको छ । गत फाल्गुन १४ गते छत्रेश्‍वरी गाउँपालिका वडा नं. ६,  सल्यानमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका के.सी.को परिवारलाई विमकले दावी भुक्तानी गरिएको नेको ईन्स्योरेन्सका लि. सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।

शुक्रबार  नेको इन्सुरेन्स सल्यान शाखामा भएको दावी भुक्तानी प्रदान गर्ने कार्यक्रममा  दार्मा गाउँपालिका वडा न १ का विमित स्व. टेक बहादुर केसी का दाजु रामजी देवकोटालाई शाखा प्रमुख  दाहालले मृत्युदावी वापतको पाँच लाख रुपैंया दावी भुक्तानीको चेक हस्तान्तरण  गरिएको हो ।

उक्त अवसरमा कम्पनीका शाखा प्रमुख नारायण दाहालले ले नेको इन्सुरेन्सले बिमाको नियम अनुसार सकेसम्म छिटो भुक्तानी गर्नेगरी काम गर्दै आएको बताउनु भयो । नेकोका कर्मचारी बिकास रोकायाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Insurance

तपाईको प्रतिक्रिया दिनुहोस