गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिकी राष्ट्रपतिको दौडमा रहेका जो बाइडनद्वारा यौन दुर्व्यवहारको आरोप अस्वीकार अमेरिकी राष्ट्रपतिको दौडमा रहेका जो बाइडनद्वारा यौन दुर्व्यवहारको आरोप अस्वीकार एजेन्सी वैशाख २०, २०७७ गते ८:५९ मा प्रकाशित एजेन्सी – राष्ट्रपतिको दौडमा रहेका अमेरिकी डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफूमाथि एक पूर्व स्टाफ तारा रिडले लगाएको यौन दुर्व्यवहारको आरोपलाई अस्वीकार गरेका छन्।ताराले केही समय अगाडि झन्डै ३० वर्ष अघि बाइडनले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।‘म स्पष्ट रुपमा भन्छु, यस्तो कहिले पनि भएन,’ पूर्व उपराष्ट्रपति बाइडनले शुक्रबार एक अमेरिकी टेलिभिजन च्यानल एमएसएनबिसीलाई दिएको अन्तर्वार्तामा भने, ‘जे भनियो, त्यस्तो केही भएको थिएन।’बाइडनले सिनेटमा आफूविरुद्ध सो समयमा ताराले कुनै पनि उजुरी दिएको भए त्यसको अभिलेख खोज्न भनेका छन्। ताराले गत महिना पुलिसमा बाइडनविरुद्ध उजुरी गरेकी थिइन्।उजुरीमा उनले बाइडनको नाम नलिइ आफू यौन शोषणको सिकार भएको उल्लेख गरेकी छन्। उनले उजुरी दिने समय सकिएको भएपनि ‘सुरक्षाका कारण’मात्र प्रहरीमा उजुरी गरेको उल्लेख गरेकी छन्।बाइडनले ताराको मनसायबारे केही प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ‘उनलाई अगाडि आएर चाहेको कुरा भन्न सक्ने अधिकार छ। तर मलाई पनि तथ्यलाई हेर्नुस् भन्ने अधिकार छ’, उनले भने।बाइडन रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको विरूद्धमा आउँदो नोभेम्बर ३ मा हुने चुनावमा उत्रिने तयारीमा छन्। बाइडनलाई तारा लगायत अन्य २५ महिलाले यौन दुराचार गरेको आरोप लगाएका छन्।अन्तर्वार्ता लगत्तै बाइडनले अमेरिकी सिनेटका सचिवलाई ताराको गुनासोका बारेमा सम्बोधन गर्न कुनै पनि रेकर्ड फाइलहरु भए जाँच गर्न आग्रह गर्दै पत्र लेखेका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट