गृहपृष्ठ ∕ ग्लोबल ∕ रसियाका प्रधानमन्त्री कोरोनाबाट संक्रमित रसियाका प्रधानमन्त्री कोरोनाबाट संक्रमित एजेन्सी वैशाख १९, २०७७ गते १:५७ मा प्रकाशित एजेन्सी – रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए ।सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च तहका नेता हुन् । त्यसअघि जोनसनबाहेक उच्च तहका नेताहरु संक्रमित भएका थिएनन् ।रुसमा योसहित संक्रमितहरुको संख्या १ लाखभन्दा बढी भएको छ ।जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइले कोरोना महामारी विरुद्धको अभियानमा राम्रो भूमिका खेलिरहेका छन् ।प्रधानमन्त्री मिखाइलले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनसँग निदानका उपायबारे भिडियो कन्फ्रेन्समार्फत सल्लाह लिनुभएको दृष्य रसियन टेलिभिजनले प्रसारण गरेको थियो ।राष्ट्रपति पुटिन र प्रधामनन्त्री मिखाइलबीच अबका केही दिन कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री आन्द्र बेलोसोभले लिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री मिखाइल भने सेल्फ आइसोलेसनमा बसेका छन् । रसियामा बिहीबारसम्म १ हजार ७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । –बीबीसीक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप