गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री दीप संञ्चार वैशाख १७, २०७७ गते २०:४७ मा प्रकाशित काठमाडौं । कतारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने सामग्रीहरु पठाएको छ ।एक विज्ञप्ती प्रकाशित गर्दै कतार फण्ड फर डेभलपमेण्टका तर्फबाट नेपाल सरकारलाई कोभिड १९ सँग लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको जनाएको हो । यसअघि गत सोमवार कतारका अमिर शेख तामिम वीन हमाद अल थानीले नेपाललाई तत्काल स्वास्थ्य सामग्री पठाउन निर्देशन दिएका थिए ।सहयोग अन्तर्गत थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान सामग्री कतारले पठाएको हो ।विज्ञप्तीमा भनिएको छः कोरोनाको महामारी नियन्त्रणका लागि नेपाल सरकारलाई मद्दतका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कतार फण्ड फर डेभलपमेण्टका महानिर्देशक खलिफा वीन जासिम अल कवारीले यो सहयोग मित्र मुलुकलाई कोभिड-१९ विरुद्दको लडाईमा हातेमालो गर्न गरिएको जनाएका छन् ।यो कोरोना भाईरसको संक्रमण रोक्न विश्वव्यापी रुपमा एकअर्कालाई गर्नुपर्ने सहयोग अन्तर्गत नै नेपाललाई सहयोग गरिएको महानिर्देशक अल कवारीले बताएका छन् । नेपाललाई पठाइएको स्वास्थ्य सामग्रीहरु यसअगाडी इरान, लेवनन, ईटाली, ट्युनिसिया तथा रुपाण्डालाई पठाइए जस्तै भएको जनाइएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुआरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला