Techie IT
×
गृहपृष्ठ ∕ कला/साहित्य ∕ गजल : रोज मर्छन् धमनी र शिरा

गजल : रोज मर्छन् धमनी र शिरा


रोज मर्छन् धमनी र शिरा जिन्दगानी यो, मसानघाट रहेछ,
मुर्दा भै निस्कन्छ बालापन जवानी यो, मसानघाट रहेछ।

प्रियाको पाउजुको झङ्कारले मार्छ, मार्छ गुलाबी अधरले,
भगवान! कुन दिन काटेछु राहदानी यो, मसानघाट रहेछ।

कति छिटो पोतिदियो धनले, अहम् को अँगार मुहारभरी,
म मै रहिन जलेर खार भएँ बेइमानी यो, मसानघाट रहेछ।

खुसी थियो रबि झुल्किन पाएर प्रभातमा, सोचेन केही,
साँझ क्षितिजमा अस्तायो बिहानी यो, मसानघाट रहेछ।

सधैं-सधैं हाम फालेर आत्महत्या गर्छन्, आसुले यहाँ,
उसले छोडेको खास यादको निसानी यो, मसानघाट रहेछ।


क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस