गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : कतारमा आज थप १ को मृत्यू, २५१ जना नयाँ संक्रमित, अहिले सम्म २९७९ जना संक्रमित कोरोना अपडेट : कतारमा आज थप १ को मृत्यू, २५१ जना नयाँ संक्रमित, अहिले सम्म २९७९ जना संक्रमित दीप संञ्चार चैत्र ३०, २०७६ गते १७:११ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १ को मृत्यू भएको छ भने आज थप २ सय ५१ जना नयाँ संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २ हजार ९ सय ७९ जना पुगेको छ । अहिले सम्म ७ जनाको मृत्यू भएको छ भने ३७ जनाको अवस्था गम्भीर रहेको छ।त्यस्तै आज मात्र थप २८ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या २ सय ७५ जना पुगेको छ । आज सम्म ४९ हजार १ सय २ जनाको जाँच भएको छ ।कतारमा संक्रमति लक्षण देखिएका विरामीहरुलाई निकै तदारुपताका साथ तत्काल परिक्षण गरिने गरेको छ। यसका लागि देश भर सरकारी, स्थानीय एवं नेपाली लगाएत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चालेर सचेतना गराइएको छ। तसर्थ शुरुवातिमै उपचार पाएको हुँदा मानवीय क्षति नगन्य अवस्थामै निकै न्यून रहेको छ।अहिले सम्म कति जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् या छैनन् भन्ने तथ्याङ्क बाहिर नआएपनि कुनै पनि नेपाली आइसियू तथा चिन्ताजनक र मृत्यू भएको छैन।केहि कतार सरकारको क्वारेन्टाइन रहेका नेपालीहरु खुशी नै भएको र मोबाइल लगाएतको सबै सुविधा भएको हुँदा कुनै समस्या देखिएको छैन।सबै जना आ-आफ्नो परिवारसंग निरन्तर सम्पर्कमा रहेको जानकारी उक्त नेपालीहरुले राजदूतावासलाई फोन गरेर गराएका छन्। नेपाली राजदूतावासले खाद्यान्न सामाग्री वितरणको तयारी गरेको छ । अहिले सम्म २५ वटा समुहको तथ्यांक आएको हुँदा दूतावासले उनीहरुलाई खाद्य सामग्री वितरण गर्ने छ भने थप तथ्यांक सकलन गरिरहेको दूतावास स्रोतले दीप संचार मिडिया संग बताएको छ।आएका तथ्यांकहरुबाट पहिलो चरणमा संबन्धित कम्पनीहरुलाई आग्रह गर्ने तर यसरी पनि समस्या समाधान नभएमा दूतावासले सहयोग गर्ने गर्नेछ। दूतावासले ४ जना कर्मचारी खटाएर निरन्तर नेपालीहरुको समस्याका विषयमा तथ्यांक संकल गरिरहेको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप