गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना कहर : युएईबाट नेपाली स्वदेश फर्काउन दूतावासलाई ज्ञापन पत्र कोरोना कहर : युएईबाट नेपाली स्वदेश फर्काउन दूतावासलाई ज्ञापन पत्र सुर्य बहादुर खवास चैत्र २८, २०७६ गते ४:१४ मा प्रकाशित युएई – विश्व अहिले कोरोना महाव्याधिको चपेटामा परेको छ । यसबाट युएई पनि अछुतो रहेको छैन ।अन्तरास्ट्रिय स्तरको स्वास्थ्य सेवा हुँदा हुँदै पनि दिन दुगुना रात चौगुना संक्रमण बढ्दो छ । यसको प्रत्यक्ष असर वैदेशिक रोजकारिमा आएका कामदारहरुमा देखिन थालेको छ ।कतिपय कम्पनीहरुले कामदार कटौती त कतिपयले बेतलवी बिदा दिन थालिसकेका छन । यसले झन भोलि के होला भन्ने अन्योलता थपिएको छ ।युएईमा हाल अढाई लाख बढी नेपाली कार्यरत रहेको अनुमान गरिएकाे छ। अहिलेको यस विषम परिस्थितिमा समस्यामा परेका नेपालिहरुलाई उद्दारगरि स्वदेश फर्काउन माग गरिएको छ ।विश्वभरी आफ्नो संजाल भएको एनआरएन युएई तथा युएईमा कृयाशिल ४१ वटा संस्था आवद्ध नेपालिहरुको पुरानो संस्था नेपाली समाज युएईले दूतावासको ध्यानाकर्षण गराउदै छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।ज्ञापनपत्रमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल तथा एनआरएन युएईका जनरल सेक्रेटरी नरेस सेनले हस्ताक्षर गरेको गरेका छन् ।उक्त ज्ञापनपत्रमा कामदार कटौतिमा परेका, स्वइच्छाले कम्पनिबाट राजिनामागरी घर फर्कन चाहेका (कोरोना संक्रमित नभएका), भिजिट भिषामा युएई आएका भिषा अवधी सकिएकाहरु अलपत्र पर्ने अवस्थामा पुगेकोहरुलाई अविलम्ब स्वदेश फर्काउन संबन्धित निकायसँग समन्वय गरि उपयुक्त व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट