गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अग्निपिडितलाई राहत प्रदान अग्निपिडितलाई राहत प्रदान दीप संञ्चार चैत्र २७, २०७६ गते १२:२५ मा प्रकाशित दुख हरण यादवदाङ्ग, नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल दलित संघ क्षेत्र न १ देउखुरीले संयुक्त रुपमा गढवाका अग्निपिडितलाई सहयोग गरेको छ ।आगलागी जस्तो दैबिक प्रकोप सहेर बसेको अग्निपिडित को घाउमा थोरै भए पनि मलमको काम गर्ने नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष किरण पौडेलले बताउनु भयो । थोरै सहयोगले पीडितलाई राहत हुने भएकोले सहयोग गरेको सभापति पौडेलले बताए ।गढवा गाउँपालिका वडानं ६ मनिकापुरमा गत बिहिबार भएको आगलागीका पिडित लाई नेपाल तरुण दल क्षेत्र नं १ देउखुरी अध्यक्ष किरण पौडेल तथा नेपाल दलित संघ क्षेत्र नं १ देउखुरी सभापती प्रबल रसाइली, नेपाली काङ्ग्रेस युबा नेता बिकाश बुढाथोकी, नेपाली काङ्रेसका क्षेत्रीय प्रतिनिधि भुलन गुप्ता,नेपाल तरुण दल क्षेत्रीय वरिष्ठ उपाध्यक्ष किरण बिक्रम शाह सहितको टोलिले अग्नि पिडित ६ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।प्रती परिवार २५ किलो चामल,३ किलो दाल,१ किलो नुन र १ पोका खानेतेल सहयोग गरिएको नेपाल तरुण दल का क्षेत्र नं १ का सभापति किरण पौडेलले बताए ।गत बिहिबार बिधुतको तार सर्ट हुँदा कृष्ण बहादुर सुनार,भक्त बहादुर सुनार,बिनोद सुनार,ऋशी राना र बिष्णु रानाको घर गोठ जलेर नष्ट भएको थियो । साथै उक्त आगलागी बाट नेत्र गिरीको नगद सहत्तरी हजार रुपैयाँ जलेर खरानी भएको थियो।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल