गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : युएईमा एक नेपालीको मृत्यू, आज मात्रै थप २७७ जना नयाँ संक्रमित कोरोना अपडेट : युएईमा एक नेपालीको मृत्यू, आज मात्रै थप २७७ जना नयाँ संक्रमित सुर्य बहादुर खवास चैत्र २४, २०७६ गते २३:२७ मा प्रकाशित युएई – युनाइटेड अरब इमिरेट्स (युएई) मा सोमबार कोरोना भाईरसबाट २७७ जना नयाँ संक्रमित भेटिएको युएइ सरकारको आधिकारिक ट्विट मार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिईएको हो।यो सँगै युएईमा संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ । आज स्वास्थ्य लाभ गर्नेको सख्या २३ रहेको छ यो सँगै स्वास्थ्यलाभ गर्नेको संख्या १६७ जना पुगेको छ । साथै सोमबार १ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ११ पुगेको छ ।यूएईको दुबईमा घरेलु कामदारको रुपमा काम गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्।‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीन दिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्नुभएको थियो’, मृतकका नजिकका आफन्तले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए । अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन। शवलाई प्रहरी आएर लिएर गएको थियो।’दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।हाल सम्म यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन् । ११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै