गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, सुर्य बहादुर खवास चैत्र २३, २०७६ गते १:४१ मा प्रकाशित युएई – विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बाट थप २४१ नयाँ संक्रमित फेला परेको पुष्टि भएको छ । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै उक्त जानकारी दिईएको हो। यो संगै युएईमा भाइरस संक्रमितको संख्या १५ सय ५ पुगेको पुगेको छ ।त्यस्तै आज स्वास्थ्य लाभ गर्ने १७ जना सहित अहिले सम्म १२५ जनाले पुर्ण स्वास्थ्य लाभ गरि भएर घर फर्केका छन् । यसैगरी आज अरवी मुलका ५३ वर्षिय १ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या १० पुगेको छ ।युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई युएईको दुबई इमिरेट्समा आगामी २ हप्ताकोलागी २४ घण्टा निरन्तरता दिने भएको छ ।उक्त समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न अपिल गरेको छ । सार्वजनी सवारीमा बस र ट्याक्सी संचालन भएपनी मेट्रो ट्रेनलाई भने पूर्णरुपले बन्द गरेको छ । खाद्य रिटेल आउटलेटहरू जस्तै संघ सहकारी स्टोरहरू र सुपरमार्केटहरू, साथ साथै फार्मेसीहरू र खाना र औषधि वितरणहरूलाई सामान्य रूपमा सञ्चालन गर्न अनुमति दिएको छ ।यसै गरि पानी र विद्युत क्षेत्र, पेट्रोल र ग्यास स्टेशनहरू, दूरसञ्चार, मिडिया, एयरपोर्टहरु, एयरलाइन्सहरू, पोर्टहरू, शिपिंग, सीमा शुल्क र सीमा क्रसिंग तथा सार्वजनिक र निजी सुरक्षा सेवाहरूलाई समेत संचालन असर नगर्ने जनाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुआरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला