गृहपृष्ठ ∕ ग्लोबल ∕ चीनमा भेटिएको यो जनावरमा कोभिड–१९ सँग मेल खाने भाइरस भेटिएको पुष्टि चीनमा भेटिएको यो जनावरमा कोभिड–१९ सँग मेल खाने भाइरस भेटिएको पुष्टि एजेन्सी चैत्र १४, २०७६ गते ९:०३ मा प्रकाशित काठमाडौंं – चीनमा तस्करी गरेर पु–याएको पेंगोलिनमा कोभिड–१९ सँग मेल खाने भाइरस भेटिएको पुष्टि भएको छ ।एक अन्तर्राष्ट्रिय समूहले भविष्यमा यस्तो प्रकारको संक्रमण रोक्ने हो भने जंगली जीवको बजारमा जनावरको बिक्रिमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने सल्लाह दिएका छन् ।पेङ्गोलिन एक स्तनधारी जीव हो जसको प्रयोग मासु र पारम्परिक औषधीमा हुने गर्छ । यो सबैभन्दा धेरै तस्करी हुने जीव हो ।चमेरोलाई कोरोना भाइरसको मूल स्रोत मानिँदै आएको थियो ।के भन्छ अनुसन्धान ?नेचर जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘उनीहरुको आनुवंशिक डाटाले यो देखाउँछ कि यी जनावरमाथि अतिरिक्त निगरानी अपनाउनुपर्छ र बजारमा यसको बिक्रीमा कडा प्रतिबन्ध लगाउनुपर्छ ।’अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिण पूर्व एशियाको जंगलमा पाइने पेंगोलिनोमा अतिरिक्त निगरानी राख्नुपर्ने आवश्यकता छ किनभने कोरोना भाइरस जन्माउनमा उनीहरुको भूमिका र भविष्यमा मानिसहरुमा त्यो संक्रमणको खतराबारे एउटा निश्चित बुझाई पत्ता लगाउन आवश्यक छ ।कमिला खाने यो स्तनधारी जीव संसारभरी सबैभन्दा धेरै तस्करी हुने अनुमान गरिन्छ । जसका कारण यो लोप हुने स्थितीमा पनि छ ।यो जीवको छाला एशियामा पारम्परिक चिनियाँ औषधी बनाउन विशेष माग हुन्छ । पेंगोलिनको मासु केही व्यक्ति निकै स्वादिष्ट भएको पनि मान्छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय…नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला