गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए सुर्य बहादुर खवास चैत्र १३, २०७६ गते १४:२६ मा प्रकाशित यूएइ – यूएइमा बुधबार मात्र नयाँ थप ८५ जना कोरोना भाईरस (कोभिड १९) संक्रमितहरु भेटिएका छन्। यो संगै यूएईमा संक्रमितहरुको संख्या ३ सय ३३ जना पुगेको छ। जस मध्ये २ जनाको मृत्यु भएको छ भने ४१ जना निको भएर घर फर्केका छन्।युएइमा कोरोना संक्रमित दुई नेपाली सहित ४१ जना पुर्ण स्वस्थ भई घर फर्केको युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिएको छ । पछिल्लो पटक पुर्ण स्वस्थ भै घर फर्कनेमा २ नेपाली र १ इरानी नागरिक रहेका छन । पुर्ण स्वस्थ भै घर फर्किनेमा सोमबारसम्म ४१ जना भएको जनाइएको छ। युएइले १४ दिनका लागि अधिकांश सपिङ मलहरू, कमर्सियल सेन्टर, मासु तथा सब्जी पसल बन्द गर्ने भएको छ । तर लुलु हाइपरमार्केट र क्यारीफोर मार्केट भने सह जीवनयापनका लागि खुल्ला रहनेछन्। यसैगरी होटल रेष्टुरेन्टहरूले डेलिभरी सेवा मात्र प्रदान गर्न सुझाइएको छ। सार्वजनिक पार्क , समुद्रि तटमा जान रोक लगाईएको छ भने आवश्यकता नपरी बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। युएइले १४ दिनका लागि ट्रान्जिट भएर आउने जाने हवाई सेवालाई समेत रोक लगाएको छ ।विश्वव्यापी रूपमा महामारीको रुप लिँदै गएको कोरोना भाइरसको नियन्त्रणको लागि युएइ सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ। क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप