गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए यूएइमा कोरोना संक्रमित पुगे ३३३ जना, थप ८५ जना संक्रमित भेटिए सुर्य बहादुर खवास चैत्र १३, २०७६ गते १४:२६ मा प्रकाशित यूएइ – यूएइमा बुधबार मात्र नयाँ थप ८५ जना कोरोना भाईरस (कोभिड १९) संक्रमितहरु भेटिएका छन्। यो संगै यूएईमा संक्रमितहरुको संख्या ३ सय ३३ जना पुगेको छ। जस मध्ये २ जनाको मृत्यु भएको छ भने ४१ जना निको भएर घर फर्केका छन्।युएइमा कोरोना संक्रमित दुई नेपाली सहित ४१ जना पुर्ण स्वस्थ भई घर फर्केको युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिएको छ । पछिल्लो पटक पुर्ण स्वस्थ भै घर फर्कनेमा २ नेपाली र १ इरानी नागरिक रहेका छन । पुर्ण स्वस्थ भै घर फर्किनेमा सोमबारसम्म ४१ जना भएको जनाइएको छ। युएइले १४ दिनका लागि अधिकांश सपिङ मलहरू, कमर्सियल सेन्टर, मासु तथा सब्जी पसल बन्द गर्ने भएको छ । तर लुलु हाइपरमार्केट र क्यारीफोर मार्केट भने सह जीवनयापनका लागि खुल्ला रहनेछन्। यसैगरी होटल रेष्टुरेन्टहरूले डेलिभरी सेवा मात्र प्रदान गर्न सुझाइएको छ। सार्वजनिक पार्क , समुद्रि तटमा जान रोक लगाईएको छ भने आवश्यकता नपरी बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। युएइले १४ दिनका लागि ट्रान्जिट भएर आउने जाने हवाई सेवालाई समेत रोक लगाएको छ ।विश्वव्यापी रूपमा महामारीको रुप लिँदै गएको कोरोना भाइरसको नियन्त्रणको लागि युएइ सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ। क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै