मोसु सेवा समाज कतारको १५ औं साधारणसभा सप्पन्न :अध्यक्षतामा दिलिप पराजुली
दोहा – मोरङ्ग सुनसरी सेवा समाज कतारको १५ औं साधारणसभाले दिलिप पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समाजले नयाँ पुस्तालाई संस्था नेतृत्वका लागि हस्तान्तरण गरेको हो ।
प्रवासिएका नेपालीहरुको समस्यालाई निराकरण गर्दै जन्मस्थलको विकासमा टेवा पु¥याउने उद्धेश्यले ‘मोरङसुनसरीको चाहना सभ्य र सम्मृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ २००१ मा समाज स्थापना भएको हो । कतारमा धेरै सदस्य आवद्ध रहेको यस समाजको सामाजिक उचाई निकै माथि छ ।
१५ औ साधारण सभाबाट समाजको उपाध्यक्षमा भिम बराइली र लिलानाथ घिमिरे, सचिवमा भोला बस्नेत, सहसचिवमा योजना शर्मा थापा, गोपाल बास्तोला कोषाध्यक्षमा शुष्मा खतिवडा कटुवाल, सहकोषाध्यक्षमा किरण थापा र पर्शुराम बन्जारा चयन भएका छन् । त्यसैगरी समाजको आगामी कार्यकालका लागि सदस्यहरुमा भरत श्रेष्ठ, समिन बराल, प्रेम बहादुर राई, बिरजंग थापा, बिरेन कठायत, सुनिता कोइराला अचार्य, अच्युत भट्टराई, सबिता दाहाल भट्टराई, गमला बस्नेत खतिवडा, हरिबहादुर खड्का, पर्शुराम पोखरेल, गणेश अधिकारी, गोबिन्द बिश्वकर्मा, जीवन याख्खा राई चयन भएका छन् ।
समाजको १५ औं साधारणसभामा प्रमुख अतिथिका रुपमा कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारध्वजको उपस्थिति रहेको थियो । राजदूत भारध्वजले साधारणसभा उद्घाटन गर्दै प्रवासमा रहेका सामाजिक संघसंस्थाले धेरै राम्रो काम गरेको र अझ राम्रो काम गर्नका लागि आह्वान गरे ।
मोरङसुनसरी समाजले कतारमा रहेका सामाजिक संस्थाहरु मध्ये अब्बल सामाजिक ऊंचाई कायम गरेको र भावी दिनमा मातृभुमी प्रति थप योगदान दिन सफल हुने विश्वास उपस्थित अतिथिहरुले कार्यक्रममा राखेका थिए ।
कार्यक्रममा मोसुका पूर्वअध्यक्ष तथा एनआरएनएका सल्लाहकार टिवी कार्की, निबर्तमान सल्लाहकार सम्योजक तेज कटुवाल, पुर्व अध्यक्ष सरोज बास्तोला, योगेन्द्र कार्की, बिनोद भट्टराई, सुवास गौतम, निबर्तमान सल्लाहकार चानक पोख्रेल, दिल किरण खुजुम, धिरज चाम्लिङ राई, सेवन कार्की, छबिरमण कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : ग्लोबल, गल्फ
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस