गृहपृष्ठ ∕ राजनीति ∕ राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : गोकुलप बाँस्कोटा राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : गोकुलप बाँस्कोटा दीप संञ्चार फागुन ८, २०७६ गते १३:४१ मा प्रकाशित काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,’ बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।’जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो।आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ,’ उनले भने, ‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ।’मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा एक स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसन मागेको भन्दै बुधबार एउटा अडिओ टेप सार्वजनिक भएको थियो। टेप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राजनीतिक दलहरूले मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले टेपबारे बुझ्न मन्त्री बाँस्कोटालाई दिउँसो बालुवाटारमा डाकेका छन्।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल