गृहपृष्ठ ∕ घुमफिर ∕ बक्सा खोल्दा उपभोक्ताले पाए बाङ्गो आइप्याड प्रो – एप्पल भन्छ बाङ्गो हुनु सामान्य बक्सा खोल्दा उपभोक्ताले पाए बाङ्गो आइप्याड प्रो – एप्पल भन्छ बाङ्गो हुनु सामान्य admin मंसीर ५, २०७५ गते ७:४२ मा प्रकाशित एप्पलले केहि महिना अगाडि रिलिज गरेको अहिलेसम्म कै सबैभन्दा स्लिम आइप्याड प्रो खरिद गरेका थुप्रै प्रयोगकर्ताले आइप्याड प्रो बक्सा भित्र नै बाङ्गो भएको भेटेका छन् । नयाँ किनेर ल्याएको आइप्याड प्रो बक्सा खोलेर हेर्दा बाङ्गो भएको भेटेपछि खरिद गर्नेहरु निराश भएका हुन् । बक्सा भित्र कै नयाँ आइप्याड बाङ्गो भएको धेरै गुनासो एप्पललाई गरिए पछि एप्पलले नयाँ आइप्याड प्रो बाङ्गो हुनु स्वाभाविक र सामान्य भएको कुरा बताएको छ । उक्त आइप्याड प्रो बाङ्गो भएपनि चलाउँदा केहि फरक नपर्ने र आइप्याडको भौतिक बनोटमा केहि खोट नआउने कुरा एप्पलले बताएको छ ।केहि दिन अगाडी नै यो विषयमा चर्चा चुलिएपछि एप्पलले द भर्जलाई कुनै कुनै आइप्याड प्रो फ्याक्ट्रीबाट नै बाङ्गो आउन सक्ने कुराको जानकारी दिएको थियो । एप्पलको बरिष्ठ इन्जिनियर ड्यान रिचियोले द भर्ज, म्याकर्युमर्स र नाईनटुफाइभम्याकलाई ईमेल मार्फत एप्पलको नयाँ आइप्याड प्रोले डिजाइन र बनोटको उच्च मानकहरु पनि पुरा गर्ने बयान दिएका छन् । उनका अनुसार बाङ्गो भएको आइप्याडले भविष्यमा कुनै पनि किसिमको समस्या ल्याउने छैन र प्रयोग गर्दा पनि केहि असर गर्ने छैन ।एप्पलले आइप्याड प्रो बक्सा मै बाङ्गो भएको कुरा स्वीकार गरे पनि बाङ्गो भएको आइप्याड प्रो लाई प्रतिस्थापन भने नगर्ने भएको छ । यसर्थ, तपाईंले लगभग नेरु १ लाख अथवा बढी हालेर खरिद गरेको आइप्याड प्रो बक्सा मै बाङ्गो छ भने पनि त्यसमै चित्त बुझाउनु पर्ने हुन्छ – एप्पलले उक्त आइप्याडलाई बाङ्गो नभएको आइप्याडसँग सटही गर्ने छैन । म्याकर्युमारका अनुसार एप्पलले कुनै कुनै स्थानमा बाङ्गो भएका आइप्याडलाई प्रतिस्थापन गर्नका लागि उपभोक्तासँग उल्टै पैसा लिएको पनि पाइएको छ ।यस्ता छन् नयाँ आइप्याडका विशेषताहरु:नयाँ एप्पल A12X प्रोसेसरआइप्याड प्रो ११ मा ११ इन्च र आइप्याड प्रो १२.९ मा १२.९ इन्च कै रेटिना डिस्प्ले१२० हर्ज डिस्प्लेहोम बटन छैन – अब जेस्चरबाट चल्नेआइफोन Xs को जस्तै फेसआइडीयुएसबी सी पोर्ट – आइप्याड मै पहिलो पटकनिकै फास्ट ग्राफिक्स प्रोसेसर – एक्सबक्स वन तहकोचारवटा स्पिकर – हेडफोन ज्याक छैन१ TB सम्मको इन्टरनल स्टोरेज११ इन्च मोडलको मूल्य ८०० अमेरिकी डलर१२.९ इन्च मोडलको मूल्य १००० अमेरिकी डलरनयाँ स्मार्ट फोलियो केस किबोर्ड – १८० अमेरिकी डलरनयाँ म्याग्नेटिक एप्पल पेन्सिलस्रोत : म्याकर्युमर्स, द भर्ज र नाईनटुफाइभम्याकक्याटेगोरी : घुमफिर, राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट