गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुलसीपुर महोत्सव २०७६ शुरु, विद्यार्थीहरुले गरे नाराबाजि तुलसीपुर महोत्सव २०७६ शुरु, विद्यार्थीहरुले गरे नाराबाजि दीप संञ्चार माघ ११, २०७६ गते १५:१६ मा प्रकाशित दाङ – संस्कृति पर्यटन तथा नागरिक उड्य मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवादेखि आयोजना गरेको व्यापारी महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि बढी सकेको जानकारी दिए ।एयरपोर्टको धावन मार्ग विस्तार वारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउन महोत्सव स्थलमै साढे १२ मिटर लामो कपडामा संकलित हस्ताक्षर र यसअघि विभिन्न चरणमा विभिन्न दलका नेता तथा मन्त्रीहरुलाई बुझाइएका ज्ञापन पत्रहरुपनि बुझाइएको थियो । साथमा हालसम्म एयरपोर्टको विस्तार र इन्धनडिपो स्थापनाको लागि उद्योग वाणिज्य संघले बर्षौंदेखि सरकार प्रमुख र उच्च नेतृत्वालई गर्दैै आएका भेटघाट तथा प्रयासहरुको बारेमा तस्विरसहतिको १०० फिट लामो व्यानर समेत मन्त्रीलाई महोत्वसमा प्रर्दशन गरिएको थियो ।टरिगाउँ एयरपोर्टको निरक्षणमा पुगेका पर्यटन मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उक्त यरपोर्ट भौगौलिक र वातावरणिय हिसावले नेपालकै उत्कृष्ट एयरपोर्ट भएपनि राज्यले ठग्दै आएको हुँदा तत्काल विस्तार गर्न आवश्यक रहेको बताएका थिए । उनले टरिगाउँ एयरपोर्टलाई पाईलट प्रशिक्षण गर्ने एयरपोर्टको रुपमा विकाश गर्न सकिने बताए ।२०११ सालमा स्थापना भएको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टको धावन मार्ग जम्मा ७ सय ५० मिटरमा मात्रै कालोपत्रे छ । हाल दैनिक दुई वटा उडान हुँदै आएको टरिगाउँ एयरपोर्टमा १८ सिटे साना टुईन अटर विमान मात्रै चल्दै आएका छन् । त्यो भन्दा ठूला विमान आउन सक्दैनन् ।इन्धन डिपो समेत नभएको हुँदा इन्धनपनि बोकेर ल्याउनु पर्ने बाध्यताले जम्मा १४-१५ वटा यात्रु मात्रै एक पटकमा यात्रा गर्न पाउँछन् । इन्धन राखेको सिटको पैंशापनि यात्रुवाटै असुल्दै आइएको छ । त्यसले गर्दा दाङ काठमान्डौंको भाडा झन्डै ७ हजार रुपैंया पर्ने गरेको छ । जो नेपालगञ्ज भन्दा निकै महंगो हो ।महोत्सव सुरु हुनुभन्दा पहिला निकालिएको शोभा यात्रामा सहभागि विद्यार्थीहरुले पनि टरिगाउँ एयरपोर्टको विस्तार र इन्धन डिपोको स्थापनाको माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले हामी कहिले ठूला विमानमा चढ्न पाउँछौं, एयरपोर्टको धावन मार्ग विस्तार गर्नु पर्छ भन्ने खालका नारा लेखेका प्लेकार्ड बोकेको थिए । सार्वजनिक रुपमा यसरी एरपोर्ट विस्तारको माग गर्दै सडकमा नारावाजी र प्लेकार्ड प्रर्दशन भएको दाङमा यो नै पहिलो पटक हो ।तुलसीपुर उद्योग वाणिज्य संघले दोघरेमा निर्माण गरेको बहुउदेश्य सभाहलको भुक्तानी हुन बाँकी रकमको जोहो गर्न महोत्सव लगाइएको हो । तर संघका पूर्व अध्यक्ष विमल रिजालले आवश्यक परे महोत्सव वाट संकलिन सम्पूर्ण रकम विमानको धावन मार्ग विस्तारमा लागाउन सकिने बताएका छन् ।तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई तुलसीपुरका मेयर घनश्याम पाण्डे लगाएले सम्वोधन गरेका थिए । महोत्सव २० गते सम्म चल्ने छ ।साभार: फरककोणबीटक्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै