Techie IT
×
गृहपृष्ठराजनीतिकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने


 सुर्खेत — नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण र राष्ट्रिय सहमति भएसँगै कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार राष्ट्रिय सहमतिमा हस्ताक्षर भएसँगै प्रदेशको सत्ता समीकरण प्रभावित भएको हो।

यसअघि नेपाली कांग्रेसले गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि असार ३२ गते नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने उद्देश्यले नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

उक्त अविश्वासको प्रस्तावमाथि छलफल गर्न कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णालीमा नयाँ सरकार निर्माणको बाटो खुलेको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस