गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सुर्य बहादुर खवास असोज २१, २०८१ गते ९:४२ मा प्रकाशित युएई – नेपाली राजदूतावास, अबुधाबीले आज आईतवारका दिन महिलाहरुकोलागी विशेष राहदानी नवीकरण तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । महामहिम राजदूत तेजबहादुर क्षेत्रीको समुपस्थितिमा सम्पन्न उक्त शिविरमा करिब १०० जना नेपाली दिदीबहिनीहरूले सेवा प्राप्त गरेका छन ।राहदानी नविकरणको चापलाई मध्य नजर गर्दै दूतावासले सार्वजनीक विदाको दिन समेत महिलाहरुका लागि मात्र राहदानी नवीकरण तथा निशुल्क स्वास्थ सेवा प्रदान गरेको हो । दुतावास परिसरमा सम्पन्न शिविरमा युएईका विभिन्न राज्यबाट आएका महिलाले राहदानी नवीकरणसँगै आफ्नो स्वास्थ्य जाँच गराएको दुतावासका दृतिय सचीव भुपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।कार्यक्रममा उपस्थित महिलाहरुलाई स्वास्थ्य जाँचसँगै वित्तिय साक्षरताको सम्बन्धि प्रशिक्षण दिईएको थियो । वित्तिय साक्षरता सम्बन्धमा दुतावासका उपनियोग प्रमुख रञ्जिता दाहाल र युएई सरकाले प्रदान गरेको Amnesty 2024 तथा श्रमका विषयमा श्रम काउन्सुलर दिनबन्धु सुबेदीले सहजीकरण गरेका थिए । यसैगरी लाइफ लाइन अस्पतालको प्राविधिक सहयोगमा डा .प्राची भट्टराई र डा. विकाश यादवको टोलीले स्वास्थ्य प्ररिक्षण सेवा प्रदान गरेको थियो ।राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै भिषाको अवधि समाप्त भैसकेका, हुन गइरहेका तथा राहदानी हराएका र राहदानीको पाना समाप्त भएका नेपाली नागरिकहरूका लागि अघिल्लो साता समेत विशेष काउन्टर सञ्चालन गरी २४० जना सेवाग्राहीलाई राहदानी नवीकरण सेवा प्रदान गरेको दूतावासले जानकारी दिएको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप