गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न तिलु शर्मा पौडेल असोज ४, २०८१ गते २२:३४ मा प्रकाशित दोहा – काठमाडौंको कोटेश्वरमा कार्यालय रहेको रेशनल ओभरसिज प्रा.लि.ले पैसा आफूले बुझेर जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गराइ कतार पठाएर अलपत्र परेका पीडितहरूका लागि एनआरएनए एनसीसी कतारले खाद्यान्न उपलब्ध गराएको छ ।कतारको मन्सुराको एक बिल्डिङमा बसिरहेका पाँच जना पीडित श्रमिकका लागि एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक विभागका संयोजक कृष्ण पन्थीले केही दिनका लागि पुग्ने खाद्यान्न उपलब्ध गराएका हुन् ।पन्थीले बुधबार साँझ पीडितहरूलाई नै पसल लगेर आवश्यक सामग्री किन्न लगाएपछि पीडितहरूले खाद्यान्न पाएका हुन् । संचारकर्मी पीडितहरू भेट्न पुग्दा पन्थीसँगै पीडितहरू हर्षित मुद्रामा देखिए । पीडितमध्येका सिरहा बन्दीपुरका नीरज बस्नेत र झापाका विशाल कार्कीले ‘हाम्रो रुममा पत्रकार आइसकेपछि हामीलाई केही राम्रो हुन्छ भनेर कुरा गरेका थियौं, हामीलाई राम्रो हुँदै गयो’ भन्दै खुसी साटे ।‘हामीलाई दाल भात भए हुन्छ भनेका थियौं, तर पन्थी सरले चाहिने सामग्री किन्नु भनेपछि हामीले तरकारी पनि किनेका छौं’ भन्दै एनसीसी कतार, पन्थी र संचारकर्मीलाई समेत पीडितहरूले धन्यवाद दिए ।गत आइतबार दूतावास पुगेर रेशनल ओभरसिज प्रा.लि.का सञ्चालक लोकेन्द्रबहादुर कार्कीविरुद्ध बस्नेतसहित झापाका कार्की, मेलुङ गाउँपालिका दोलखाका तारा बहादुर थापा, उदयपुरका सुनिल ठाकुर र गयानन्द चौधरीले लिखित उजुरी समेत दिसकेका छन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल