गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन दीप संञ्चार वैशाख ३१, २०८१ गते ११:२९ मा प्रकाशित काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरूले बताएका थिए ।प्रत्यारोपण गरिएको अस्पतालले रिचर्डको मृत्युको कारण सुँगुरको मिर्गौला नभएको बताएको छ । प्रत्यारोपण टोलीले रिचर्डको मृत्युप्रति दुःख व्यक्त गरेको छ । सुँगुरको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने रिचर्ड पहिलो व्यक्ति थिए । यसअघि सुँगुरको मिर्गौला ब्रेन डेड व्यक्तिको शरीरमा मात्रै प्रत्यारोपण गरिन्थ्यो ।सुँगुरको मुटु पनि दुई जनामा प्रत्यारोपण गरिएको छ । तर, शल्यक्रिया गरेको केही महिनामै उनको मृत्यु भयो । रिचर्डको पहिलो मृगौला प्रत्यारोपण सन् २०१८ मा भएको थियो । तर, त्यो मृगौला पनि फेल भएर फेरि डायलासिस गर्नुपर्यो ।रिचर्डको शल्यक्रिया भएको एक महिनापछि, अप्रिलमा, न्यू जर्सीकी लिसा पिसानो नामकी महिलाको पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक उनको मुटुको धड्कन जारी राख्नका लागि मेकानिकल पम्प पनि जडान गरिएको थियो ।हाल अमेरिकामा करिब १ लाख १० हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । तीमध्ये धेरैजसो मृगौला प्रत्यारोपणको पर्खाइमा छ । अमेरिकामा हरेक वर्ष अंग प्रत्यारोपणको अभावमा ६ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको आँकडा रहेको छ । साभारक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…कंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै