गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ बन्दना शर्मा प्रकरणमा उच्चस्तरीय छानबिन समितिसमक्ष माग बन्दना शर्मा प्रकरणमा उच्चस्तरीय छानबिन समितिसमक्ष माग दीप संञ्चार माघ २३, २०८० गते ८:०४ मा प्रकाशित काठमाडौँ – गैरआवासीय नेपाली संघ(एनआरएनए)ले सहायक निर्देशक बन्दना शर्माले उठाएका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समितिसमक्ष आग्रह गरेको छ । ‘उक्त ईमेलमा उल्लेख गरिए जस्तै विभिन्न शिर्षकमा गरिएका आर्थिक अनियमितताले संघको सचिवालय संचालन कार्यविधि विपरीत संस्थामा व्यापक आर्थिक अपचलन भै रहेको हाम्रो ठहर छ । सहायक निर्देशक शर्माले उठाउनु भएका सबै विषयहरुको निस्पक्ष छानबिन गर्न हामी उच्चस्तरीय छानबिन समिति समक्ष माग गर्दछौं’, प्रवक्ता नारायण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।उनको विज्ञप्तिमा शर्माद्वारा “गम्भीर ध्यानाकर्षण तथा सहजिकरणको अपेक्षा” बिषय राखि सहयोगको लागि अपिल गर्दै पठाइएको इमेलप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।‘लाखौं प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने २० वर्षे भन्दा लामो इतिहास बनाइसकेको गरिमामय यस संस्थाको सचिवालय संचालनमा भएका गम्भीर, अवैधानिक र गैरकानुनी गतिविधिले सचिवालयका कार्यकारी प्रमुखलाई शंकाको घेरामा ल्याएको छ । ११ औं अधिवेशनको निर्वाचनमा गम्भीर अनियमितताहरु भएको सार्वजनिक भए पछि निर्वाचन तथा लेखा समेतको छानबिन गर्न नेपाल सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरी सकेको अवस्थालाई ध्यानमा नराखी सचिवालयले गर्दै आएको कार्यको हामी घोर भ्रत्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा सचिवालयका सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ गैरआवासीय नेपाली संघ, सचिवालय संचालन कार्यविधि मातहतमा रहि संघमा विद्यमान गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै कार्य सम्पादन गर्न र कुनै पनि किसिमको अनुचित दबाब वा धम्की दिइए त्यस्तो गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी दिन पनि अनुरोध गरिएको छ ।११ औं अधिवेशनको निर्बाचन प्रक्रिया त्रृटिपूर्ण भएपछि पनि आफूलाई आधिकारीक दाविगर्ने बद्रि केसी समुहलाई परराष्ट्र मन्त्रलायले बैधानिकता नदिएको बर्तमान अवस्था र सोहि बिषय लगायतमा छानविन गर्न उच्च स्तरीय छानबिन समिति बनेर कार्य गरीरहको अवस्थामा संस्थाका सम्पतिहरु कुनै पनि समुहलाई दुरुपयोग गर्ने अधिकार नभएको विज्ञप्तिमा उल्लेख छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट