गृहपृष्ठ ∕ अपराध ∕ ५३ तोला चाँदीसहित २ जना पक्राउ ५३ तोला चाँदीसहित २ जना पक्राउ दीप संञ्चार माघ १०, २०८० गते ८:५२ मा प्रकाशित बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका-५ बस्ने ३५ वर्षीय गुजराज बिक र ईटहरी नगरपालिका-३ बस्ने २४ वर्षीय बद्री बिक रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२.०२७ प १८५१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा फर्जी विल भएको उक्त गरगहनासहित फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट चाँदीको लकेट २२ थान, औंठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।क्याटेगोरी : अपराधट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउझापामा आठ महिनाका बालकको हत्यारौतहटमा चिनी उद्योगीले कुटे पत्रकारश्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल