गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना अफगानिस्तानको बदख्सान प्रान्तमा विमान दुर्घटना दीप संञ्चार माघ ७, २०८० गते २१:५७ मा प्रकाशित एजेन्सी । अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ ।बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमान कस्तो थियो र कुन यात्रु सवार थिए भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको बताइएको छ ।तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।विमान कहाँबाट थियो, कता जाँदै थियो र यसमा सवार को–को थिए भन्नेबारे अहिलेसम्म कुनै पुष्टि भएको छैन ।यसअघि अफगान सञ्चारमाध्यमले उक्त विमान भारतीय भएको दाबी गरेका थिए । उक्त विमान दिल्लीबाट मस्कोको उडानमा रहेको बताइएको थियो तर भारत सरकारले उक्त विमान भारतीय नभएको स्पष्ट पारेको छ ।विमान दुर्घटना भएको ठाउँ चीन, ताजिकिस्तान र पाकिस्तानको सिमानामा पर्छ। यद्यपी विमान कहाँ खसेको हो भन्ने यकिन हुन सकेको छैन ।बदख्सान प्रान्तको सूचना विभागका प्रमुख जबिउल्लाह अमिरीले समाचार एजेन्सी एएफपीलाई विमान खसेको पुष्टि गरे तर उनले विमान कहाँ खसेको बताएनन्। खोजीका लागि टोली पठाइएको उनले बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट