गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? दीप संञ्चार माघ ४, २०८० गते ६:५२ मा प्रकाशित महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो । तर पाण्डवले धर्म नष्ट हुन्छ भनेर कौरवसँग युद्ध नगर्ने सम्भावना पनि प्रबल थियो ।त्यसैले योगेश्वर कृष्णले युद्धका लागि त्यस्तो भूमि छान्नुभयो जहाँ क्रोध र द्वेष पर्याप्त होस् । महाभारत युद्ध हुने निश्चय भएपछि युद्धभूमि खोज्नका श्रीकृष्णले अनेकौं दूत चारैतिर दौडाउनुभयो । ती दूतहरू जहाँ जान्छन् त्यहाँको विशेष घटना के रहेछ बुझेर आफूलाई बताउन उहाँले लगाउनुभयो ।कुरुक्षेत्र पुगेको दूतले सुनाएको वृत्तान्तका आधारमा भगवानले युद्ध भूमि निश्चित गर्नुभयो । के भने दूतले रु एकचोटि कुरुक्षेत्रमा घनघोर वर्षा भइरहेको थियो ।एक ठाउँमा ठूलो दाजुले आफ्नो सहोदर भाइलाई वर्षाबाट फसल जोगाउनका लागि आली बनाउन लगायो । भाइले त्यसो गर्न स्पष्ट रूपमा इन्कार गरेपछि दाइ रिसले आगो भयो अनि भाइलाई छुरा धँसेर मारिदियो । त्यसपछि उसले भाइको लाशको खुट्टा घिसारेर त्यही लाशकै आली बनाइदियो । यस्तो नृशंस हत्याको कथा सुनेर श्रीकृष्णले यो ठाउँ भाइहरूबीच युद्धका लागि उपयुक्त रहेको निश्चय गर्नुभयो ।यहाँ पुग्दा मस्तिष्कमा जस्तो प्रभाव पर्छ त्यसले प्रेम र सन्धिवार्ता हुन दिँदैन भन्ने श्रीकृष्णलाई थाहा थियो । हुन पनि त्यही भयो । यो युद्धमा नातासम्बन्धका सबै सीमाहरू भत्काइए ।पर्याप्त रगत बग्यो यहाँ । त्यसैले शुभ अशुभ विचार वा कर्मको संस्कार भूमिमा समाहित भएर बसेको हुन्छ । त्यसैले शुभ विचार राख्ने र शुभ कार्य गर्नाले भूमि, पर्यावरण र प्रकृतिमा त्यसको असर पर्छ ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदैअयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा, ७ हजारभन्दा बढी बिशिष्ट… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी