गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ परम्परा तोड्दै भारत अघि चीनको भ्रमणमा निस्किए माल्दिभ्सका राष्ट्रपति परम्परा तोड्दै भारत अघि चीनको भ्रमणमा निस्किए माल्दिभ्सका राष्ट्रपति दीप संञ्चार पुस २३, २०८० गते १८:४३ मा प्रकाशित एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आपत्तिजनक टिप्पणी गरेको विवादका बीच माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीन पुगेका छन् ।उनले यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । मुइज्जुको भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन धेरै सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।भारत अघि टर्की र चीनको भ्रमणपाँचदिने भ्रमणका लागि सोमबार चीन पुगेका मुइज्जुलाई चिनियाँ उच्च अधिकारीले स्वागत गरेका छन् । यस भ्रमणमा मुइज्जुसँग उनकी पत्नी साजिदा मोहम्मद र उच्चस्तरीय प्रतिनिधिमण्डल पनि छन् ।मोहम्मद मुइज्जुको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्समा चीनको धेरै प्रभाव रहेको मानिन्छ। राष्ट्रपति चुनावको अभियानका क्रममा उनको पार्टीले ‘इन्डिया आउट’को नारा दिँदै माल्दिभ्समा भारतीय सेनाको उपस्थिति अन्त्य गर्ने बताएको थियो ।मुइज्जु अघि माल्दिभ्सका राष्ट्रपतिको पदभार सम्हालेपछि पहिलो विदेश भ्रमण भारत थियो । मुइज्जुले यो परम्परा परिवर्तन गरे। उनले पहिलो विदेश भ्रमणका लागि टर्की रोजे र अहिले चीन पुगेका छन् ।हालै प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरमा माल्दिभ्सका नेताहरूको टिप्पणीलाई लिएर विवाद सुरु भयो। माल्दिभ्स सरकारले आइतवार एक विज्ञप्ति जारी गर्दै उक्त बयानबाट अलग रह्यो। मिडिया रिपोर्टका अनुसार टिप्पणी गर्ने नेताहरूलाई सरकारबाट निलम्बन गरिएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न