गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी दीप संञ्चार पुस १७, २०८० गते २०:३५ मा प्रकाशित तेहरान– इरानले हालका दिनमा लागू पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मंगलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो ।आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ । अन्य छ जनालाई मेथामफेटामाइन, हेरोइन र भाङ तस्करी गरेको आरोपमा छुट्टाछुट्टै फाँसी दिइएको छ ।इरान अफगानिस्तान र युरोपबीचको प्रमुख अफिम तस्करी मार्गमा अवस्थित छ र घरेलु अफिमको प्रयोग दर विश्वमा सबैभन्दा धेरै छ । सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घ कार्यालय अन ड्रग्स एन्ड क्राइम (युएनओडिसी) ले उद्धृत गरेको आँकडाले इरानमा २८ लाख मानिसमा लागूपदार्थको समस्या रहेको बताएको छ ।इरानी अधिकारीहरूले लागूपदार्थको दुरुपयोग र तस्करीसँग लड्नका लागि धेरै अभियान सुरु गरेका छन् र नियमितरूपमा छिमेकी अफगानिस्तानबाट तस्करी गरेर ल्याइएका अफिमहरूको ठूलो बरामदको घोषणा गर्दछन् ।इरानी अधिकारीहरूले सन् २०२३ को पहिलो पाँच महिनामा लागूपदार्थसँग सम्बन्धित अपराधका कम्तीमा एक सय ७३ दोषीलाई फाँसी दिएको जुनमा एमनेस्टी इन्टरनेसनलले बताएको थियो । उक्त आँकडा सो अवधिमा इरानमा सबै फाँसीको सजायको करिब दुई तिहाइ भएको बताइएको छ ।इरानले सम्पूर्ण कानूनी कारवाहीपछि मात्र फाँसी दिइने बताएको छ । उसका अनुसार लागूपदार्थको तस्करीविरुद्ध मृत्युदण्ड आवश्यक निवारण हो । एमनेस्टीका अनुसार इरानले चीनबाहेक कुनै पनि अन्य मुलुकको तुलनामा प्रतिवर्ष सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिन्छ ।इरानले सन् २०२३ मा सात सयभन्दा धेरैलाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले नोभेम्बरमा बताएको थियो । उक्त आँकडा आठ वर्षमा सबैभन्दा धेरै हो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप