टेक्सासमा भएको सवारी दुर्घटनामा ६ भारतीय मूलका नागरिकको मृत्यु
टेक्सास– अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा भारतीय मूलका ६ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशका एक एनआरआई परिवारका ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।
सो दुर्घटना क्रिसमसको भोलिपल्ट २६ डिसेम्बरमा भएको हो, जुन परिवार आन्ध्र प्रदेशको अमलापुरमबाट अमेरिकामा बसोवास गर्न आएका हुन ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति गत मंगलबार टेक्सासस्थित अर्का आफन्तको घरमा गएका थिए । त्यसपछि सबैजना स्थानीय चिडियाखाना गएर त्यहाँबाट मिनी भ्यानमा घर फर्किरहेका थिए । सोही क्रममा जोन्सन काउन्टी नजिकै एउटा पिकअप ट्रकले उनीहरू सवार कारलाई ठक्कर दिएको छ।
सो दुर्घटनामा परी मिनी भ्यानमा सवार ६ जनाको मृत्यु भएको छ भने लोकेश नामका एकजना भने जीवित रहेका छन् । तर, उनको अवस्था निकै नाजुक रहेको जनाइएको छ । सोही क्रममा पिकअपमा सवार दुवै जना घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
पिकअप ट्रक गलत दिशामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट मेडिकल सुविधामा लगिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा पुगे पछि मृत्यु भएको घोषणा गरिएको थियो।
मृतकहरूको पहिचान विधायक पोन्नडा वेंकटका सतीश कुमारका काका पी नागेश्वर राव, सीता महालक्ष्मी, नवीना, कृतिक र निशिताको रूपमा गरिएको छ। छैटौँ व्यक्तिको नाम भने खुल्न सकेको छैन ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #दुर्घटना
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस