गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु दीप संञ्चार पुस २, २०८० गते ११:५७ मा प्रकाशित काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।स्थानीय प्यालेस्टाइनी स्रोतका अनुसार इजरायली सेनाले सहरनजिकैको शरणार्थी शिविरमा १० घण्टा लामो सैन्य आक्रमण गरेको थियो ।यसैबीच, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्मनजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिका क्रममा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको र हतियार जफत गरिएको जनाएको छ ।आधिकारिक प्यालेस्टाइनी समाचार एजेन्सी डब्ल्यूएएफएका अनुसार अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि कम्तीमा २९६ प्यालेस्टाइनी वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल