गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो दीप संञ्चार मंसीर ३०, २०८० गते १८:५१ मा प्रकाशित काठमाडौं। ठगी मुद्दामा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले यूएईबाट पक्राउ गरी नेपाल ल्याएको छ । एनसीबी अबुधावीको समन्वयमा यूएईको दुबईमा उनलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा सर्लाहीको साविक जानकीनगर गाविस ७ का कोमलराज उपाध्याय रहेको प्रहरीले जनाएको छ । उपाध्यायसमेत सञ्चालक रहेको एक कन्सल्टेन्सीले दुबईमा आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाइ भिजिट भिसामार्फत दुबई बोलाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।उनीविरुद्ध ५१ जना पीडितहरूले रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भनेबमोजिम रोजगारीमा नलगाइ ठगी गरेको भन्दै जाहेरी दरखास्त दिएका थिए ।प्रतिवादीहरू विरूद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप