गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो इन्टरपोलले समेत खोजेको व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो दीप संञ्चार मंसीर ३०, २०८० गते १८:५१ मा प्रकाशित काठमाडौं। ठगी मुद्दामा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले यूएईबाट पक्राउ गरी नेपाल ल्याएको छ । एनसीबी अबुधावीको समन्वयमा यूएईको दुबईमा उनलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा सर्लाहीको साविक जानकीनगर गाविस ७ का कोमलराज उपाध्याय रहेको प्रहरीले जनाएको छ । उपाध्यायसमेत सञ्चालक रहेको एक कन्सल्टेन्सीले दुबईमा आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाइ भिजिट भिसामार्फत दुबई बोलाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।उनीविरुद्ध ५१ जना पीडितहरूले रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भनेबमोजिम रोजगारीमा नलगाइ ठगी गरेको भन्दै जाहेरी दरखास्त दिएका थिए ।प्रतिवादीहरू विरूद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट