गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन दीप संञ्चार मंसीर २४, २०८० गते २०:२४ मा प्रकाशित काठमाडौं – दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ ।प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ ।मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएका छन् । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।यस पर्वका लागि कोषले पशुपतिनाथको पूर्वी ढोकाअघिको वाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राखिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गरेको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । पर्वका अवसरमा कोषले रोपेको बिरुवा नमास्न, ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न कोषले भक्तजनसँग आह्वान गरेको छ ।साभारक्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप