गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु दीप संञ्चार मंसीर १८, २०८० गते १४:४९ मा प्रकाशित एजेन्सी । पश्चिमी इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विष्फोटका कारण मृत्यु भएका ११ पर्वतारोहीको शव उद्धार टोलीले फेला पारेको छ ।सोमबार तीन जनाको उद्धार गरिएको थियो भने १२ जना अझै बेपत्ता रहेको बताइएको छ । ज्वालामुखी विष्फोट हुँदा त्यस क्षेत्रमा ७५ आरोही उपस्थित थिए।घाइतेमध्ये केहीले सामान्य आगो लागेको गुनासो गरेका छन् । उक्त क्षेत्रबाट हालसम्म ४९ जनालाई सकुशल बाहिर निकालिएको छ ।आइतबार सक्रिय ज्वालामुखी माउण्ट मारापीबाट निस्किएको खरानी हावामा तीन किलोमिटरसम्म पुगेको थियो ।माउन्ट मारापी इन्डोनेसियाको १२७ सक्रिय ज्वालामुखी मध्ये एक हो।प्रशासनले खतराको चेतावनी जारी गर्दै मानिसहरूलाई ज्वालामुखीको खाडलको तीन किलोमिटर भित्र नजान आग्रह गरेको छ।भिडियो फुटेजमा ज्वालामुखीबाट निस्किएको खरानीको बादलले ठूलो क्षेत्र ढाकेको देखिन्छ । ज्वालामुखीबाट निस्किएको खरानीले यसको दायरा भित्र पर्ने सवारी साधन र सडकहरू ढाकिएको थियो।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल