गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता दीप संञ्चार मंसीर १३, २०८० गते १६:२० मा प्रकाशित बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, स्वच्छ खानेपानी र सूचना प्रविधि (आइटी) सम्बन्धी पूर्वाधार र प्रणालीहरू विकास गर्न तथा व्यापार करिडोर स्तरवृद्धि गर्न सहयोग गर्नेछ ।स्मार्ट मिटरिङ ऊर्जा दक्षता सुधार परियोजनाले आवासीय ग्राहकहरूका लागि छ लाख पचास हजार स्मार्ट प्रिपेड ग्यास मिटर स्थापना गरेर घाटा कम गर्न सरकारको प्रयासलाई सहयोग गर्नेछ ।बैंकका अनुसार खोप, थेराप्युटिक्स एण्ड डायग्नोस्टिक्स म्यानुफ्याक्चरिङ एन्ड रेगुलेटरी स्ट्रेन्थेनिङ परियोजनाले गोपालगञ्जमा प्रति पाँच करोड ८० लाख खोप उत्पादन गर्ने क्षमताको एसेन्सियल ड्रग्स कम्पनी लिमिटेड (इडिजिएल) खोप, थेराप्युटिक र डायग्नोस्टिक्स उत्पादन सुविधा र भण्डारण एकाइ स्थापना गर्नेछ । परियोजनाले कम्तीमा पाँच फिल–एन्ड–फिनिस खोपका अतिरिक्त बीज बैंक, मास्टर सेल बैंक र वर्किङ सेल बैंक विकास गरेर कम्तीमा दुई पूर्ण–चक्र खोपको निर्माणमा पनि सहयोग गर्नेछ ।बैंकका अनुसार चट्टोग्राम पहाडी क्षेत्र समावेशी र लचिलो सहरी खानेपानी आपूर्ति तथा सरसफाइ आयोजनाले बन्दरवन, लामा र रङ्गमती सहरमा प्रतिदिन चार करोड ४४ लाख लिटरको कूल क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्नेछ । यस्तै २४ किलोमिटर प्रसारण लाइन पनि निर्माण हुनेछ । साथै तीन सय ४० किलोमिटर नयाँ पानी वितरण नेटवर्क घरपरिवारमा जडान हुनेछ ।उक्त परियोजनाले मल र ठोस फोहरको प्रशोधन र व्यवस्थापनका लागि दुई वटा एकीकृत व्यवस्थापन सुविधा पनि विकास गर्नेछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट