गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नेतान्याहुले भने – हमास नष्ट नभएसम्म युद्ध जारी रहनेछ नेतान्याहुले भने – हमास नष्ट नभएसम्म युद्ध जारी रहनेछ दीप संञ्चार कात्तिक २७, २०८० गते ७:४३ मा प्रकाशित इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म गाजामा युद्ध जारी रहने बताएका छन् ।गाजामा जारी युद्धका कारण बिग्रिएको अवस्थाका बीच विश्वका धेरै देशले इजरायललाई तत्काल युद्धविराम लागू गर्न अपिल गरेका छन् ।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बीबीसीलाई गाजामा जारी बम हमलालाई न्यायोचित भन्न नसकिने बताए।यसैबीच साउदी अरबमा जम्मा भएका मुस्लिम देशहरूले पनि इजरायललाई गाजामा तत्काल युद्धविराम गर्न अपील गरेका छन् ।तर, एक पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले त्यस्ता सबै अपीलहरू अस्वीकार गरे।नेतान्याहुले भने, ‘आवश्यक भएमा इजरायल सारा संसारको सामु दृढ उभिनेछ। हमासलाई ध्वस्त नगरेसम्म र यसद्वारा बन्दी बनाएकाहरूलाई रिहा नगरेसम्म युद्ध जारी रहनेछ।’नेतन्याहुले प्यालेस्टाइनी अथोरिटीले गाजाको प्रशासन लिने अमेरिकाको सुझावलाई स्वीकार नगर्ने संकेत दिए।हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२ सय जनाको मृत्यु भएको थियो । हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए ।त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ। गाजाको हमासका स्वास्थ्य अधिकारीका अनुसार इजरायली हमलामा हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप