गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नेतान्याहुले भने – हमास नष्ट नभएसम्म युद्ध जारी रहनेछ नेतान्याहुले भने – हमास नष्ट नभएसम्म युद्ध जारी रहनेछ दीप संञ्चार कात्तिक २७, २०८० गते ७:४३ मा प्रकाशित इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म गाजामा युद्ध जारी रहने बताएका छन् ।गाजामा जारी युद्धका कारण बिग्रिएको अवस्थाका बीच विश्वका धेरै देशले इजरायललाई तत्काल युद्धविराम लागू गर्न अपिल गरेका छन् ।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बीबीसीलाई गाजामा जारी बम हमलालाई न्यायोचित भन्न नसकिने बताए।यसैबीच साउदी अरबमा जम्मा भएका मुस्लिम देशहरूले पनि इजरायललाई गाजामा तत्काल युद्धविराम गर्न अपील गरेका छन् ।तर, एक पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले त्यस्ता सबै अपीलहरू अस्वीकार गरे।नेतान्याहुले भने, ‘आवश्यक भएमा इजरायल सारा संसारको सामु दृढ उभिनेछ। हमासलाई ध्वस्त नगरेसम्म र यसद्वारा बन्दी बनाएकाहरूलाई रिहा नगरेसम्म युद्ध जारी रहनेछ।’नेतन्याहुले प्यालेस्टाइनी अथोरिटीले गाजाको प्रशासन लिने अमेरिकाको सुझावलाई स्वीकार नगर्ने संकेत दिए।हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२ सय जनाको मृत्यु भएको थियो । हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए ।त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ। गाजाको हमासका स्वास्थ्य अधिकारीका अनुसार इजरायली हमलामा हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट