गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्छ : उपप्रधानमन्त्री खड्का एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्छ : उपप्रधानमन्त्री खड्का दीप संञ्चार कात्तिक २२, २०८० गते १९:३४ मा प्रकाशित उपप्रधान एबं रक्षामन्त्री पुर्णबहादुर खड्काले एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन ।जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेको आरके शर्मा नेतृत्वको एनआरएनए टोलीसँगको भेटमा उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन ।आगामी दिनमा विविध विषयमा सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै खड्काले विपदका बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरु धन्यवादका पात्र भएको बताए ।भूकम्प पीडितलाई राहत वितरण गरेर फर्किने क्रममा सुर्खेतस्थित खड्काकै निवासमा भएको भेटमा शर्मासहित, निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्दीसागर सुवेदी,युरोप संयोजक चिन्तामनि सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगायत सहभागी रहेका थिए ।सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुननिर्माणमा पनि आफूहरुले सरकारसँग समन्व्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको भूकम्पले मानवीय र भौतिक क्षति भएको छ । एनआरएनएको टोलीले रुकम पश्चिम र जाजरकोटमा राहत सामग्री वितरण गरेको शर्माले जानकारी दिए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप