गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए आधिकारिकताको दावी गर्दै आरके शर्मा र महेश श्रेष्ठ समूहले दियो परराष्ट्रमा निवेदन(निवेदनसहित) एनआरएनए आधिकारिकताको दावी गर्दै आरके शर्मा र महेश श्रेष्ठ समूहले दियो परराष्ट्रमा निवेदन(निवेदनसहित) दीप संञ्चार कात्तिक ११, २०८० गते १३:१३ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्माले नेतृत्व गरेको आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ ।अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ ।परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।आधिकारिकताको दावी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा। केशव पौडेलको सून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरु दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए । सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले सपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्द सत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । आरके शर्मा समूह र महेश श्रेष्ठ समुहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ । परराष्ट्रमा निवदेन दर्ता गराएपछि शुक्रबार कार्यालय समय सकिएकाले आइतबार मात्रै बालुवाटार जाने तय भएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप