गृहपृष्ठ ∕ ग्लोबल ∕ आरके शर्माको पक्षमा श्रमिकहरू एकजुट, आन्तरिक सर्कुलर गरिए नमान्ने आरके शर्माको पक्षमा श्रमिकहरू एकजुट, आन्तरिक सर्कुलर गरिए नमान्ने दीप संञ्चार कात्तिक २, २०८० गते ६:३३ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्मालाई मध्यपूर्व र त्यसबाहिर विश्वभरका श्रमिक डेलिगेट्सहरुले समर्थन गरेका छन् । यस्तै कांग्रेस निकट जनसम्पर्क समितिका कतिपय अभियन्ताहरुले समेत शर्माकै पक्षमा तीव्र लबिङ गरिरहेका छन् ।पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै डेलिगेट्सहरुले तीव्र लबिङ गरिरहेका हुन् । शर्माको पक्षमा महाधिवेशनस्थल होटल सोल्टी क्षेत्रमा समेत चहलपहल र लबिङ भइरहेको देखिन्छ । जसका कारण आरकेको पक्षमा राम्रो महोल देखिएको छ ।श्रमिकको प्रतिनिधित्व गर्ने देश कतारको उम्मेदवार आरके शर्मा भएकाले यो निर्वाचनमा फरक खालको दृश्य देखिएको एनआरएनए अभियन्ताहरू बताउँछन् । ‘एक हिसाबले भन्ने हो भने एनआरएनएको चुनावमा संसारभरका श्रमिक वर्ग पार्टीभन्दा माथि उठेको देखिन्छ’ ती अभियन्ताले भने । अर्का अभियन्ताले राजनीतिक पार्टीले कसैको नाममा सर्कुलर जारी गरे पनि त्यो नमान्ने ठाउँमा श्रमिकहरू पुगेको बताए । यसबारे सर्कुलर गरिएमा त्यसलाई नमान्ने कतारसहितका कतिपय देशका राजनीतिक दलका शुभेच्छुक सङ्गठनले पार्टीलाई बताइसकेका छन् । उनीहरूले आरकेको टिम राजनीतिक, जातीय, क्षेत्रीय भेगीय सबै हिसाबले समावेशी टिम भएकाले उनलाई निर्वाचित गराउन लागिपर्ने बताएका छन् । शर्माले आफूलाई सबै राजनीतिक दलहरूको सहयोग रहेको बताएका छन् ।कांग्रेसबाट महेश श्रेष्ठ र एमालेबाट बद्री केसी उम्मेदवार भए पनि शर्मालाई एमाले र कांग्रेसभित्रकै ठुलो पंक्तिको साथ रहेको छ । जसको उदाहरण शर्माको टिममा रहेका राज रेग्मी, शशिकान्त पौडेल, प्रवीन गुरुङ, मनोज श्रेष्ठसहितका उम्मेदवार रहेको अभियन्ताहरूको भनाइ छ ।शर्मालाई माओवादी निकट भनिएपनि उनको टिममा कांग्रेस निकटका ६० प्रतिशत भन्दा बढी उम्मेदवार रहेको बताइएको छ ।उसो त कांग्रेसका उम्मेदवारहरु चारतिर बाँडिएका छन् । जसका कारण कांग्रेसलाई टाउको दुखाइको विषय बनेको अभियन्ताहरू बताउँछन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल