गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मध्यरातदेखि एनआरएनएको भोटिङ खुल्यो, अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन मध्यरातदेखि एनआरएनएको भोटिङ खुल्यो, अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन दीप संञ्चार कात्तिक २, २०८० गते ६:२६ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि राति १२ बजेदेखि अनलाइन भोटिङ खुला भएको छ । एनआरएनएको अध्यक्ष पदमा आरके शर्मा, डा बद्री केसी, रविना थापा र महेश श्रेष्ठ रहेका छन् ।यद्यपि निर्वाचनमा पहिलो पटक मध्यपूर्वबाट अध्यक्षको उम्मेदवार रहेका आरके शर्मालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । अन्तिम समयमा उनलाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।एमाले निकट प्रवासी संगठनको भने एमाले निकट उम्मेदवार बद्री केसीलाई रहेको छ ।कांग्रेस भने चुनावमा विभाजित अवस्थामा पुगेको हो । कांग्रेसको एक ठूलो समूहले आरकेलाई समर्थन गर्दै गर्दा बाँकी समूह महेश श्रेष्ठ र बद्री केसीका साथै रविना थापातिर बाँडिएको हो ।चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल