गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ आज दसैंको पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजा गरिँदै आज दसैंको पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजा गरिँदै दीप संञ्चार कात्तिक २, २०८० गते ६:२३ मा प्रकाशित दसैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआराधना तथा दर्शन गरेर मनाइँदैछ।स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ। चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ।आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ। क्याटेगोरी : धर्म संस्कृतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप