गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए निर्वाचन : महिला उपाध्यक्ष पदमा रोजिनाको उम्मेदवारी एनआरएनए निर्वाचन : महिला उपाध्यक्ष पदमा रोजिनाको उम्मेदवारी दीप संञ्चार असोज ३०, २०८० गते ८:०० मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा रोजिना प्रधान राईले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।महिलाको मुद्दामा दृढताका साथ काम गर्न प्रतिबद्धताका साथ आफूले सो पदमा उम्मेदवारी मनोनयन दर्ता गरेको राईले बताइन् । उनले सबैको साथ, समर्थन अपेक्षासहित विजयी गराउन आग्रह समेत गरिन् । एनआरएनएको निर्वाचन यही असोज ३ गते हुने छ ।बेलायतकी महिला अभियन्ता, सामाजिक ब्यक्तित्व तथा व्यवसायी राईले यसअघि महिला सचिवमा उम्मेदवारी दिने सोच बनाएकी थिइन् । तर, अग्रज र एनआरएनए अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै आफूले महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षका साथ सो पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । आफ्नो समर्पण र अनुभव सुहाउँदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन् । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने वाचा उनको रहेको छ ।उनले युग सुहाउँदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा पनि सारेकी छन् ।एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उनले एनआरएनए यूके उपाध्यक्ष हुँदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरि आफ्नो कार्य कुशलता संसारभर देखाईसकेकी छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #budget, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै