गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण एनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण दीप संञ्चार असोज ३०, २०८० गते ७:३० मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा राजु रेग्मी (राज)ले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान युवा उपाध्यक्ष रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गराएका हुन् । सो पदमा रेग्मीसहित १८ जनाको उम्मेदवारी दर्ता भएको छ ।जसबाट ६ जना उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माण आफ्नो प्रतिबद्धता भएको रेग्मीको भनाइ छ । ‘एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माणको मेरो प्रतिवद्धतामा यहाँको साथ, सहयोग र समर्थन छ भन्ने आशा लिएको छु’, उम्मेदवारी दर्तापछि रेग्मीले भने, ‘यहाँले मलाई मत दिएर विजय गराउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’रेग्मीले यसअघि नै ८ संकल्पसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । यसपटकको अधिवेशनमा रेग्मीलाई उपाध्यक्षका शसक्त उम्मेदवारका रुपमा लिइएको छ । कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफूलाई स्थापित गराउन सफल भएका छन् ।उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको जिम्मेवारी पुरा गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले भनेका छन् । सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ मंगलबारदेखि काठमाडौँमा सुरु ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीको भनाइ छ । ‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागि हार्दिक अपील गर्दछु’, रेग्मीले भने ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल