गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीद्धारा पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीद्धारा पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता दीप संञ्चार असोज २९, २०८० गते २०:५६ मा प्रकाशित गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादवप्रसाद ढुंगाना तथा सदस्य टिबी कार्कीलाई अधिकारीले उम्मेदवारीको मनोनयन बुझाएका हुन ।वर्तमान कार्यसमितिका आइसीसी उपाध्यक्ष पदमानै रहेका अधिकारीले आगामी कार्यकालमा निर्वाचित उपाध्यक्ष भएर काम गर्नका लागि पुनः सोही पदमा उम्मेदवारी दिएको बताए ।एनआरएनए अभियानले यस अबधीमा थुप्रै उपलब्धीहरू प्राप्त गरेपनि अझै धेरै कामहरू गर्न बॉंकी रहेकोमा संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव तथा शुभचिन्तक र अग्रजहरुको सल्लाहमा पुन उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताए ।एनआरएनए अभियानमा लाग्दै गर्दा आफ्नो जिम्मेवारी सफलताका साथ निभाइ रहेको हुँदा आफ्ना केही अधुरा कार्यहरुलाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा नै उम्मेदवारी दिएको अधिकारीको भनाई छ ।उनले भने –‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई पुनः आइसीसी उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ ।’ अधिकारीले एनआरएनको यो अभियानलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता जनाउँदै बिजयी गराउनका लागि अनुरोध गरेका छन् ।अष्ट्रेलिया, यूएई तथा नेपालमा व्यवसाय गरिरहेका अधिकारी सफल व्यवसायी हुन् ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप