गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ उपाध्यक्षमा डा.केशव पौडेलको उम्मेदवारी दर्ता, विभिन्न देशका प्रतिनिधिद्वारा साथको प्रतिबद्धता उपाध्यक्षमा डा.केशव पौडेलको उम्मेदवारी दर्ता, विभिन्न देशका प्रतिनिधिद्वारा साथको प्रतिबद्धता दीप संञ्चार असोज २९, २०८० गते ६:४५ मा प्रकाशित गैरआवासीय नेपाली संघका महासचिव डा। केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । आईतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताए । उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए ।डा।पौडेलको उम्मेदवारीलाई विभिन्न क्षेत्रबाट सहयोग र समर्थन मिलिरहेको छ । एनआरएनए अमेरिका र आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरुको साथ र समर्थन रहने अमेरिकाका कृष्णजीवि पन्थले बताए । फ्रान्सकी गीता थापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन् ।‘मैले अहिलेसम्म गरेका कामका कारण सबै एनआरएनएहरूले मूल्याङ्कन गर्नुहुन्छ भन्ने लागेको छ । एनसीसी अमेरिकाको दुई कार्यकाल अध्यक्ष हुँदा, आइसीसीको महासचिव हुँदा मैले जे कुरा बोलेको छु, ती कुराहरू अत्यन्त राम्रोसँग कार्यान्वयनको कोसिस गरेको छु । यसमा हाम्रा एनआरएनएहरूले मूल्याकंन गर्नुहुनेछ र त्यो गर्दाखेरी मत दिन नपर्ने केही कारण छ जस्तो मलाई लाग्दैन । मैले गरेका कामहरू, मैले गरेका कम्पिल्मेन्टहरु, एनआरएनएका क्षेत्रमा गरेका योगदानहरु गुगलनै गरेर हेर्नुभयो भने पनि भेट्नु हुनेछ । त्यसको आधारमा सकारात्मक मूल्याङ्कन गरेर भोट दिनु हुन्छ र मैले जित्छु भन्ने मलाई लाग्छ’, डा पौडेलले भने ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप