गृहपृष्ठ ∕ ग्लोबल ∕ सडकमा भयो विमान दुर्घटना, ३ को मृत्यु, घाइतेको अवस्था चिन्ताजनक सडकमा भयो विमान दुर्घटना, ३ को मृत्यु, घाइतेको अवस्था चिन्ताजनक दीप संञ्चार कात्तिक ५, २०७६ गते १३:२६ मा प्रकाशित रियो डे जेनेरो– ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार यस विमान विस्फोटमा परी चार ओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् । विमानमा एक चालक र तीन यात्रु सवार थिए । विमानका एक व्यक्ति, कारका एक र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाई उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् ।इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुई वटा विमान दुर्घटना भइसकेका छन् । –सिन्ह्वा/Photo-twiter/www.mirror.co.ukक्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने