गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए उपाध्यक्ष प्रत्याशी खगेन्द्र न्यौपानेद्वारा कर्मभुमी मलेसियाबाट उम्मेदवारी एनआरएनए उपाध्यक्ष प्रत्याशी खगेन्द्र न्यौपानेद्वारा कर्मभुमी मलेसियाबाट उम्मेदवारी दीप संञ्चार असोज २१, २०८० गते १४:३७ मा प्रकाशित गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आईसिसिको सचिव एबं आउदो ११औं महाधिवेशनमा एनआरएनए उपाध्यक्ष पदका प्रत्याशी उम्मेदवार खगेन्द्र न्यौपानेले आफ्नो कर्मभुमी मलेसियाबाट पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।मलेसियाका सफल ब्यावसायी , समाजसेवी,एनआरएनए मलेसियाका पुर्व अध्यक्ष रहेकै बेलादेखि मलेसियामा कार्यरत लाखौं नेपाली श्रमिकका निम्ति आर्थिक भौतिक सहयोग गर्दै योगदान दिदै एसिया प्यासिफिक क्षेत्रका उप(संयोजक त्यसपछि संयोजक हुँदै अहिलेका आईसिसि सचिव समेत रहेका खगेन्द्र न्यौपानेले आफ्ना एजेन्डासहित एनआरएनए आईसिसिको नजिकिदै गरेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।शनिबार एनआरएनए एनसिसि मलेसिया र मलेसियामा रहेका विभिन्न संघसंस्था , राजनीतिक सँस्थाहरु, व्यावसायिहरु, महाधिवेशन प्रतिनिधि डेलिगेट्स प्रतिनिधिहरु , पत्रकारहरुसंग एनआरएनए मलेसियाको आफ्नेै कार्यलयमा आयोजित एक भेटघाट तथा छलफल कार्यक्रममा न्यौपानेले आफु एनआरएनए उपाध्यक्ष पदमा निर्वाचित भएमा एनआरएनए एनसीसी मलेसियाले स्थापना गरेको सेल्टर हाउसलाई वैधानिकता बनाउन नेपाली राजदूतावाससंग समन्वय गरेर पहल गर्ने र मलेसियामा रहेको श्रमिक हरुको समस्याको लागि आफुले सक्ने सहयोग गर्ने बताए ।त्यस्तै वैदेशिक रोजगारको बसाइँ सकिएर नेपाल फर्केका नेपालीहरुलाइ तिनीहरुको सिप अनुसार नेपालमा रोजगारको व्यवस्थापन गर्ने र कुनै आयोजना तथा प्रोजेक्टहरुमा लगानी गर्न एनआरएनएको तर्फबाट वातावरण मिलाउने साथै मलेसियामा एउटा श्रमिकमैत्री हस्पिटल बनाउने न्यौपानेको एजेन्डा रहेको र यी सबै एजेन्डा आफुले साथमै लिएर हिडिरहेको बताए ।विभिन्न देशबाट उम्मेदवारी घोषणा गरेका उपाध्यक्षका उम्मेदवारहरुको सुचिमा हाल अग्रस्थानमा रहेका न्यौपानेलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुले मन पराएका अभियन्ताका रुपमा चिनिन्छन । कुराकानीको क्रममा उपाध्यक्ष प्रत्याशी उम्मेदवार न्यौपानेले आफु उपाध्यक्ष पदमा निर्वाचित भएपछी केन्द्रसँग समन्वय गरेर इन्स्योरेन्सको पोलिसी अनुसार नेपाली श्रमिकको भलाइको निम्ति हरदम तत्परताको साथ काम गर्ने बताए ।गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ। गैर आवासीय विश्व सम्मेलनमा विश्वभरिका ८६ देशका ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदै मतदान गर्नेछन ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न