गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी दीप संञ्चार कात्तिक ४, २०७६ गते १२:४२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ६ मा नगर स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । गाउमै स्वास्थ्य केन्द्र उद्घाटन भएपछी स्थानीय खुशी भएका छन् । उक्त नगर स्वास्थ्य केन्द्रको आइतवार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।यो नगर स्वास्थ्य केन्द्र संचालन भए संगै सामान्य बिरामी हुंदा लमही बजार दौडिन पर्ने बाध्यता त्यहांका स्थानियलाई हट्ने भएको छ । वडा नम्बर ६ को मध्यनगरमा स्थापना भएको नगर स्वास्थ्य केन्द्रले वडाका तिन वटा गाउका स्थानीयलाई सेवा प्रबाह गर्ने छ । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख केसीले अब ज्वरो आएर कुनै पनि सर्बसाधारणले ज्यान गुमाउनु नपर्ने बताए । केसीले नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पु¥याउने र नगरबासीलाई आफ्नै वडाबाट स्वास्थ्यको पहुँच पु¥याउने उद्घेश्य नगरपालिकाको भएको बताए । स्वास्थ्य कार्यक्रमलाई नै नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख केसीले बताए ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले आफ्नो वडामा नगर स्वास्थ्य केन्द्र संचालन गर्नका लागि आन्तरिक ढिलाई भए पनि अबका दिनमा स्थानीयको स्वास्थ्य उपचारमा कुनै कमि कमजोरी हुन नदिने बताए । नगर स्वास्थ्य केन्द्र हेर्दा सानो भए पनि स्वास्थ्य सेवाका लागि महत्वपुर्ण हुने विश्वास ब्यक्त गर्दै, निशुल्क रूपमा जनतालाई स्वास्थ्य सेवा पुराउन र नगर स्वास्थ्य केन्द्रबाट आम सर्बसाधारणले सहजताको अनुभूति हुने गरेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । वडामा आज आईतबार उद्घाटन गरिएको नगर स्वास्थ्य केन्द्रमा अ.हे.ब विष्णुमाया पौडेल, अनमी अर्चना श्रेष्ठ र कार्यालय सहयोगी रमा वली गरि तीन जना कर्मचारी रहने छन् ।लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीको सभापतित्वमा एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य तथा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी , वडासदस्य अनिता चौधरी, कृष्ण खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न