गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी दीप संञ्चार कात्तिक ४, २०७६ गते १२:४२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ६ मा नगर स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । गाउमै स्वास्थ्य केन्द्र उद्घाटन भएपछी स्थानीय खुशी भएका छन् । उक्त नगर स्वास्थ्य केन्द्रको आइतवार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।यो नगर स्वास्थ्य केन्द्र संचालन भए संगै सामान्य बिरामी हुंदा लमही बजार दौडिन पर्ने बाध्यता त्यहांका स्थानियलाई हट्ने भएको छ । वडा नम्बर ६ को मध्यनगरमा स्थापना भएको नगर स्वास्थ्य केन्द्रले वडाका तिन वटा गाउका स्थानीयलाई सेवा प्रबाह गर्ने छ । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख केसीले अब ज्वरो आएर कुनै पनि सर्बसाधारणले ज्यान गुमाउनु नपर्ने बताए । केसीले नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पु¥याउने र नगरबासीलाई आफ्नै वडाबाट स्वास्थ्यको पहुँच पु¥याउने उद्घेश्य नगरपालिकाको भएको बताए । स्वास्थ्य कार्यक्रमलाई नै नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख केसीले बताए ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले आफ्नो वडामा नगर स्वास्थ्य केन्द्र संचालन गर्नका लागि आन्तरिक ढिलाई भए पनि अबका दिनमा स्थानीयको स्वास्थ्य उपचारमा कुनै कमि कमजोरी हुन नदिने बताए । नगर स्वास्थ्य केन्द्र हेर्दा सानो भए पनि स्वास्थ्य सेवाका लागि महत्वपुर्ण हुने विश्वास ब्यक्त गर्दै, निशुल्क रूपमा जनतालाई स्वास्थ्य सेवा पुराउन र नगर स्वास्थ्य केन्द्रबाट आम सर्बसाधारणले सहजताको अनुभूति हुने गरेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । वडामा आज आईतबार उद्घाटन गरिएको नगर स्वास्थ्य केन्द्रमा अ.हे.ब विष्णुमाया पौडेल, अनमी अर्चना श्रेष्ठ र कार्यालय सहयोगी रमा वली गरि तीन जना कर्मचारी रहने छन् ।लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीको सभापतित्वमा एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य तथा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी , वडासदस्य अनिता चौधरी, कृष्ण खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी