गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए निर्वाचन : आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीको समर्थन, कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा एनआरएनए निर्वाचन : आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीको समर्थन, कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा दीप संञ्चार असोज १५, २०८० गते १३:११ मा प्रकाशित गैर आवासीय नेपाली संघ(एनआरएनए)अध्यक्षका उम्मेदवार आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीले समर्थन गरेका छन्।एनआरएनएका वर्तमान उपाध्यक्ष आरके शर्माले अध्यक्षमा उमेदवारी दिएपछी मध्यपूर्वका उपाध्यक्षसमेत रहेका क्षेत्रीले शर्मालाई समर्थन गर्दै आँफुले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्।एनआरएनए अध्यक्षका लागी शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले श्रमिकको प्रमुख गन्तव्यस्थल रहेको मध्यपूर्वले अबको नेतृत्व पाउनुपर्नेमा जोड दिएका हुन्। उनले मध्यपूर्व अफ्रिका,इष्ट युरोपमा रहेका गैरआवासिय नेपालीहरुले एनआरएनएका लागि उपाध्यक्ष भन्दा माथि जान बनेकै होइनौ भन्ने सोचले गर्दा मध्यपूर्व सधैं पछि परेको बताए।कार्यक्रममा बोल्दै उपाध्यक्ष क्षेत्रीले आरके शर्माका लागि मात्र नभएर मध्यपूर्व, मलेशिया र तमाम विश्वभर छरिएर रहेका श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्दै एनआरएनए श्रमिकहरुको पनि संस्था हो भन्नका लागि आगामी नेतृत्व मध्यपूर्वकै हुनुपर्ने बताए। उनले भने,‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन्। यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ।’रेमिट्यान्सको ठूलो मात्रा ओगटेको मध्यपूर्वका श्रमिकहरु सधैं पछि परेको र मध्यपूर्वमा पनि सक्षम नेतृत्व छन् भन्नका मध्यपूर्व नेतृत्वमा आउनुपर्ने उनले बताए। उनले भने,‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन्।यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ, साथ दिन नसके सक्दिनँ भन्ने तर रावणले जस्तो छल गरेर तपाईसँग छु भनेर धोका दियो भने मध्यपूर्वका श्रमिकहरुले कहिल्यै पनि माफ गर्दैनन्।’कार्यक्रममा बोल्दै उनले अबको नेतृत्व मध्यपूर्व र सम्पुर्ण श्रमिकको एनआरएनए बनाउनको लागि सबै अग्रजहरुसँग बसेर आगामी नेतृत्व मध्यपूर्वको हुनुपर्छ भन्नेमा आफ्नोे कोसिस रहने समेत प्रतिबद्धता उनले जनाए।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल