गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने दीप संञ्चार असोज ११, २०८० गते १७:१३ मा प्रकाशित एउटा महत्त्वपूर्ण परिवर्तनमार्फत उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ। अब सो कानून बनेपछि उत्तर कोरियाको आणविक हतियारको विकासले गति लिन सक्ने देखिएको छ । उत्तर कोरियाको यो कदम यस्तो समयमा आएको हो, जब अमेरिकाले उत्तर कोरियालाई वार्ताको टेबुलमा फर्कन आग्रह गरिरहेको छ । यस वार्ताबाट उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम नचलाउन अमेरिकाबाट आर्थिक सहयोग लिने जनाइएको थियो । उत्तर कोरियाली संसद ९सर्वोच्च जनसभा० को सत्रमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिका र उसका सहयोगीहरूबाट प्योङयाङले सामना गरिरहेको चुनौती र आफ्नो आणविक कार्यक्रमलाई नष्ट गर्ने मनसायलाई ध्यानमा राखेर यो कदम चालेको बताएका छन । उत्तर कोरियाली तानाशाहले भने, ‘उत्तर कोरियाको आणविक शक्ति तयार गर्ने नीतिलाई अब देशको आधारभूत कानून जस्तै स्थायी बनाइँदै छ, जसलाई कसैले उल्लंघन गर्न दिइने छैन।’ उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले किम जोङ उनले आणविक हतियारको उत्पादनलाई तीव्रता दिन र आणविक स्ट्राइक क्षमतालाई विविधीकरण गर्नुका साथै विभिन्न सैन्य सेवामा तैनाथ गर्ने आवश्यकतामा जोड दिएको बताएको छ।किम जोङ उन भर्खरै रुसको भ्रमणबाट फर्किएका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् । रुस भ्रमणका क्रममा किम जोङ उनले धेरै हतियार उत्पादन गर्ने कम्पनीको प्लान्टको भ्रमण गरेका थिए । किम जोङ उनको यो भ्रमण यस्तो समयमा भएको हो, जब अमेरिकाले युक्रेन युद्धको बीचमा उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाएको छ । उत्तर कोरिया र रुसबीच असैनिक आणविक कार्यक्रमका लागि प्रविधि हस्तान्तरणका विषयमा वार्ता हुन सक्ने विश्वास गरिएको छ । यस सम्झौता अन्तर्गत प्राप्त सामग्री उत्तर कोरियाले आफ्नो आणविक क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्न प्रयोग गर्न सक्ने आशंका पनि छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट