गृहपृष्ठ ∕ समाचार ∕ ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष दीप संञ्चार भदौ २७, २०८० गते १३:५४ मा प्रकाशित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो । प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेको सीआईबीले अन्य सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । उक्त सुन पनि ब्रेक शुमा लुकाएर ल्याइएको थियो ।उक्त बरामद सुनबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२.६२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।क्याटेगोरी : समाचार, समाजट्याग : #१०० किलो सुन प्रकरण, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल