गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ व्यभिचारको आरोपमा पाकिस्तानमा ढुङ्गाले हानेर महिलाको हत्या व्यभिचारको आरोपमा पाकिस्तानमा ढुङ्गाले हानेर महिलाको हत्या दीप संञ्चार भदौ १८, २०८० गते ९:३० मा प्रकाशित पाकिस्तानको पञ्जाब प्रान्तमा यौन ब्यभिचार गरेको आरोपमा एक महिलालाई ढुङ्गाले कुचेर हत्या गरिएको छ । यो घटना लाहोरबाट करिब ५०० किलोमिटर टाढा रहेको पञ्जाबको राजनपुर जिल्लामा घटेको प्रहरीले जनाएको छ ।पाकिस्तानी प्रहरीका अनुसार महिलाका श्रीमानले उनीमाथि अन्य पुरुषसँग यौन सबन्ध राखेको आरोप लगाएका थिए । शुक्रबार ती व्यक्तिले आफ्ना दुई दाजुभाइसँग मिलेर महिलालाई सुरुमा रुखमा बाँधे अनि ढुङ्गाले हानीहानी हत्या गरे । ढुङ्गाले हिर्काउनुअघि उनीहरुले ती महिला निर्मम यातना समेत दिएका थिए । अपराध गरे पछि दुवै दाजुभाइ फरार छन् । उनीहरु पञ्जाब र बलुचिस्तानको सीमा क्षेत्रमा लुकेर बसेको बताइएको छ ।महिला राजनपुरको अल्कानी जनजातिकी हुन् । पाकिस्तानमा हरेक वर्ष इज्जतको नाममा धेरै महिलाको हत्या हुने गरेको छ । मानव अधिकारकर्मीका अनुसार पाकिस्तानमा हरेक वर्ष करिब एक हजार महिलाको ‘अनर किलिंग’को नाममा हत्या हुने गरेको छ । पीडितहरूले आफ्नो इच्छा विपरीत विवाह वा यौन सम्बन्ध राखेर परिवारलाई अपमानित तुल्याएको विश्वास गरिन्छ। यस्ता हत्यामा प्रायः परिवारका सदस्यको हात रहेको हुन्छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल